Province

नेपाल भित्रिएका ३ जनामा ज्वरो देखिएपछि बैतडीको स्थानीय विद्यालयको कोठामा राखेर निगरानी

Tue Mar 24

बैतडी, चैत्र ११ः बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित धर्मघाटबाट नेपाल भित्रिएका ३ जनामा एस सय फरेनाइट भन्दा बढी ज्वरो देखिएपछि उनिहरुलाई स्थानीय विद्यालयको एउटा कोठामा राखिएको छ ।

भारतका विभिन्न शहरबाट काम गरेर फर्केका ३ जनामा लक्षण देखिएपछि उनीहरुलाई स्थानीय कैलपाल आधारभूत विद्यालयको एउटा कोठामा राखिएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले जानकारी दिनुभयो ।

आइतबार रोलघाटबाट नेपाल आएका उनीहरुको चेकजाँच गर्दा ज्वरो आएको भेटिएकाले अलग कोठामा राखिएको हो । आइसोलेसनमा राखिएका मध्ये एकजना मुम्बई, एकजना दिल्ली र एक जना हरिद्वारबाट फर्केका हुन ।

उनीहरुलाई ज्वरो मात्रै आएको र अन्य लक्षण केही नदेखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो उहाँले बताउनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्