Business , News

नेपाल विधूत प्राधिकरणको गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैया खुद नाफा

Fri Aug 17

नेपाल विधूत प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैया खुद नाफा आर्जन गरेको छ । नेपाल विधूत प्राधिकरणको ३३ औ बार्षिकोत्सबमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुनाफा आर्जन गर्न नियमित विधुत आपूर्ती र  चूहावट नियन्त्रण अभियानको मूख्य भूमिका रहेको बताउनु भयो। यसको अन्तिम लेखा परीक्षण गर्न भने  बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आफैंले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र सहायक कम्पनीमार्फत निर्माण भइरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविधूत आयोजनाले चालु आर्थिक वर्षमा विधूत उत्पादन थाल्ने कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो।

ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षामान पूनले आगामी पाँच बर्ष भित्र ३ हजार मेगावाटको जलविधूत आयोजनाहरु जनताको लगानीमा सञ्चालन गर्ने हिसाबले काम भै रहेको बताउनु भयो।नेपाल विधूत प्राधिकरणको कुल ग्राहक ३५लाख ५० हजार पुगेको छ।राष्ट्रिय प्रशारण प्रणालीबाट विधूत उपयोग गर्न पाउने जनसंख्या ७० प्रतिशत पुगेको छ। गत आर्थिक बर्षमा प्राधिकरणले १८ अर्ब ३७करोड रुपैयाँ बराबरको विधूत भारतबाट आयात गरेको थियो।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्