Business

नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से

Wed Jul 1

काठमाडौं, असार १७ः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ ।

स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो । कोरोनाको कारण झण्डै १०० दिनपछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अङ्कले घटेको थियो । मङ्गलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ ।

स्टकका अनुसार नेप्से ७५.७७ बिन्दुले बढेर एक हजार ३६६.५२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १५.१० अर्थात् ५.५५ प्रतिशतले वृद्धि भएको छ ।

कूल १३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर रु ४० करोड ७३ लाख ५२ हजार २४७ मा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लागेको छ । अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ ।

होटल ५.१५ अङ्कले घट्दा बैंङ्किङ ८२.३, व्यापार ३३.४८, विकास बैंक ५७.०६, जलविद्युत् ३३.६७, वित्त ४.७५, निर्जीवन बीमा ३२२.४१, उत्पादन १०२.५७, अन्य २०.९४, माइक्रोफाइनान्स १०१.२३, जीवन बीमा ५४८.५३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढेका छन् । कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।-(रासस)

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्