Business

नेप्सेमा सर्किट ब्रेक

Tue Jun 30

काठमाडौं, असार १६ः कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ ।

गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो । त्यसअघि गत वैशाखको दोस्रो साता समेत बजार दुई दिनका लागि खुला गरिएको थियो । लगातार ओरालो लागेपछि बजार पुनः बन्द गरिएको थियो ।

यही असार १४ गते आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गर्‍यो । स्टकका अनुसार सोमबार बजार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको थियो । बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगायो र आजका लागि कारोबार स्थगन भएको जनाएको छ ।

स्टकका अनुसार कूल ७२.०५ बिन्दुले बजार उकालो लागेको छ । प्रतिशतका आधारमा ६.०६ ले नेप्से बढोत्तरी भएको छ । नेप्सेमा देखिएको उच्च सुधारसँगै बजार एक हजार २६०.७५ मा पुगेको छ । कोरोना कहरपछि बजारमा उच्च बिन्दुले सुधार भएको हो ।

यस्तै सेन्सेटिभ परिसूचक समेत १५.६३ विन्दु अर्थात ६.१० प्रतिशतले बढेको छ । कूल १३४ कम्पनीको चार लाख ८९ हजार ५३७ कित्ता शेयर रु २२ करोड ७२ लाख १२ हजार १९४ ले कारोबार भयो । कारोवार शुरु भएको करिब एक घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो । दोस्रो पटक बजारमा पाँच प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो । तेस्रो पटक छ प्रतिशतले नेप्से बढेपनि कारोबार आजका लागि बन्द भयो ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूह मध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको भने बढेको छ । होटल ४७.८४ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ७३.७२, व्यापार ६५.७३, विकास बैंक ६५.६६, जलविद्युत् ३९.७७, वित्त ४.९७, निर्जीवन बीमा २९६.१५, उत्पादन १२२.१७, अन्य २३.९७, लघुवित्त ७७.७ र जीवन बीमा ६३४.९८ बिन्दुले बढेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्