Business

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

Sun Mar 22

काठमाडौं, चैत्र ०९ः धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.७६ ले घटेर २७१.०६ मा पुगेको छ । घटेको बजारमा कारोवार रकम पनि घटेको छ । कूल १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता शेयर रु १९ करोड ४६ लाख ४२ हजार ९८४ मा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन समूहको शेयर उकालो लाग्यो भने आठ उपसमूहको शेयर घट्यो । होटल ५२.९९, निर्जीवन बीमा १.२६ र अन्य ७.२८ ले बढेको छ । यस्तै बैंकिङ २७.१३, व्यापार १०.५६, विकास बैंक १५.६७, जलविद्युत् ४.८७, वित्त ०.१७, उत्पादन २९.३, लघुवित्त १७.९४ र जीवन बीमा १०३.९८ ले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु दुई करोड ८१ लाख ७० हजार बराबरको कारोवार भयो ।

आज बजार खुल्नुअगाडि बजार नखुलाउन आग्रह गर्दै लगानीकर्ताले नेप्सेको व्यवस्थापनलाई ध्यानाकर्षण गराएका थिए तर नेप्सेको सञ्चालक समितिले स्पष्ट निर्देशन नआएको भन्दै बजार खुल्ने बताएको थियो । सोही अनुसार कोरोना त्रासका बीचमा पनि बजारमा नियमित कारोवार भएको हो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्