Featured

नौ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज

Sat May 23
पर्सा, जेठ १०ः  नोबेल कोरोना भाइरस मुक्त भएका नौं जनालाई आज वीरगन्जको नारायणी अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
चार पटक सम्मको पिसिआर रिर्पोटमा नेगेटिभ देखिएपछि अस्पतालमा उपचाररत रहेका एक भारतीय सहित नौ जनालाई डिस्चार्ज गरिएको हो  ।

बैशाख १४ गते देखि २१ गतेभित्र अस्पताल भर्ना भएका रौतहट निवासी ३ जना, पर्सा निवासी ३ जना, बारा निवासी २ जना र एक जना भारतीयको रिर्पोट नेगेटिभ आएपछि डिस्र्चाज गरिएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदक उपाध्यायले जनाकारी दिनुभयो ।
उहाँले  डिस्चार्ज भएका भारतीयलाई छपकैया निवासी एक व्यक्तिको घरमा र अन्य नेपालीहरुलाई आ-आफ्नै घरमा कोरेन्टाइन बस्ने सुझावसहित विदा गरिएको बताउनुभयो ।
वीरगन्जको नारयाणी र गण्डक अस्पतालको आईसोलेसन वाडमा अब ८७ जना संक्रमित रहेका छन् । नारायणीमा ६२ र गण्डक अस्पतालको आइसोलेसनमा २५ जना रहेको चिकित्सकहरुले बताएका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्