Business , News

पर्यटन बोर्डको सीईओमा रेग्मी नियुक्त

Wed Jan 29

काठमाडौं, माघ १५:नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओमा डा धनञ्जय रेग्मी नियुक्त हुनुभएको छ । बोर्डको कार्यकारिणी समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ ।जलवायु परिवर्तनमा विद्यावारिधि गर्नुभएका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्