News

पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने

Sun Feb 23

काठमाडौं, फागुन ११ः तीन दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ ।

नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रकृति हेर्दा अझै एक दुई दिन रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यसबाट मौसममा पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ ।

नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ ।

अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । यो अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आँशिक बदली रहनेछ भने साँझपख पहडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा देशका पहाडी भू-भागका केही स्थानहरुमा वर्षा र चट्याङ को सम्भावना रहेको र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान काठमाडौँ उपत्यकाको तापक्रम ७ दशमलव ४ डिग्री मापन गरिएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्