News , Politics

पाँचथरका प्रहरी चौकीहरुको अनुगमन

Wed Jan 29

काठमाडौं, माघ १५:पाँचथरको दुर्गम स्थानमा रहेका प्रहरी चौकिहरुको अवस्थाको अनुगमन गरिएको छ । सुरक्षाकर्मीहरुको बसाइ, सर्बसाधरणसंगको सम्बन्ध र उनीहरुका लागि आबस्यक सामग्री ब्यबस्थापन समेतको विषयमा चासो दिंदै अनुगमन गरिएको हो । पाँचथरको भौगोलिकरुपमा विकट स्थानमा रहेका प्रहरी चौकीहरुमा रहेको समस्या र त्यसको समाधानका लागि अनुगमन अभियान थालीएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो । पाँचथरमा ३६ स्थानमा प्रहरी सुरक्षा पोष्ट राखीएको छ । २१ स्थानमा कार्यालय भवन छ भने अन्य प्रहरी चौकीहरु निजि घर भाडामा लिएर बसेको अवस्था छ । यसैगरी जटिल भुगोल र जनशक्ति अभावले सेवा प्रवाहमा समेत निक्कै कठिनाइ हुने गरेको छ । दुर्गमका अधिकांस प्रहरी चौकिबाट पैदल हिडेरै जनतालाए सेवा दिनुपर्ने बाध्ँयता छ । पाँचथरको सुदुर उत्तर याङ्वरक र फालेलुङ गाउँपालिका तथा सुदुर दक्षिणको मिक्लाजुङ र तुम्बेवा गाउँपालिकामा भौगोलिक कठिनाइले प्रहरी सुरक्षार्मीलाइ सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्