News , World

पाकिस्तानको पाँचतारे होटलमा आक्रमण

Sun May 12

काठमाडौं, बैशाख २९ :पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको पाँचतारे होटेलमा बन्दुकधारीले आक्रमण गरेका छन् । तीन जना बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा एक जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । चीनिया परियोजना अन्तर्गत् अर्वौ डलर लगानीमा निर्माण गरिएको जाभर पर्ल कन्टिनेन्टल होटेललाई लक्षित गरी आक्रमण गरिएको हो । रमदानका कारण होटेलमा कोही पनि पाहुना नरहेको र होटेलका केही कामदार मात्रै रहेको होटेलका प्रवक्ताले जनाएका छन् । बलुचिस्तान स्वतन्त्र सेनाका अनुसार आक्रमण चीनिया र अन्य लगानीकर्तालाई लक्षित गरी गरिएको हो । आक्रमणकारी समूहसँग आवद्ध ट्वीटर अकाउन्टमा चीन र पाकिस्तानमा थप आक्रमण हुनसक्ने भनिएको छ ।  स्थानीय सर्वसाधारणलाई फाइदा नहुने भन्दै बलुचिस्तानका सैन्य समूह चीनिया लगानीको विपक्षमा रहेका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्