Sports

पारस र सन्दीपको वरीयता खस्कियो

Fri Feb 28

काठमाडौं, फागुन १६ः अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको विश्व क्रिकेटको नयाँ टी-ट्वान्टी खेलाडीको वरीयतामा नेपाली राष्ट्रिय टोलीका क्रिकेटरहरुको स्थान खस्किएको छ ।

आईसीसीको नयाँ वरीयतामा नेपालका पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामीको वरीयता खस्किएको हो ।

नयाँ वरीयता अनुसार पारसको ब्याटिङ र सन्दीपको बलिङ वरीयता खस्किएको हो ।ब्याटिङ वरीयतामा यसअघि ६२ औं स्थानमा रहेकापारस एक स्थान तल झर्दै ६३ औं स्थानमा परेका छन् ।

यसैगरी ८५ औं स्थानमा रहेका सन्दीप लामीछानेको बलिङ वरीयता पनि खस्किएर ८६ औं स्थानमा पुगेको छ ।

तर, अलराउण्डतर्फ भने नेपाली खेलाडीहरुको वरीयता स्थान सुधार भएको छ । अलराउण्डतर्फपारस २६ औं र करण केसी ७४ औं स्थानमा पर्न सफल भएका छन् ।

अर्का बलर सोमपाल कामीको अलराउण्डतर्फको वरीयता पनि एक स्थान तल झर्दै ६६ औं स्थानमा छ ।

टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा भने नेपाल १२ औं स्थानमा र एकदिवसीय वरीयतामा १६ औं स्थानमा छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्