News

पाल्पाका स्थानीय तहमा बिना पूर्वाधार क्वारेन्टाइन निर्माण

Sat May 23

पाल्पा, जेठ १०ः पाल्पा जिल्लाका स्थानीय तहहरुले ७ सय बढी शैय्या क्षमताको क्वारेन्टाईन निर्माण गरेपनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा नगरेको पाइएको छ ।

अधिकांश क्वारेन्टाइनहरु विद्यालय भवनमा डेस्क बेन्च जोडेर तयार गरिएका छन् । क्वारेनटाईनमा आधारभुत पूर्वाधारहरु समेत पुरा हुन नसक्दा सोही स्थानबाट कोरोनाको संक्रमण फैलिन सक्ने जोखिम बढेको गुनासो स्थानीयको छ ।

एउटै शौचालय, एउटै धारा र साबुन प्रयोग गर्नुपरेको र एउटै कोठामा धेरैजना बस्नुपरेका कारण जिल्ला बाहिरबाट आउने सर्वसाधारण क्वारेन्टाइनबाट भाग्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भने मापदण्डा अनुसारकै क्वारेन्टाईन निर्माण गर्न स्थानीय तहहरुलाई अनुरोध गरिएको बताउनुहुन्छ । साथै आगामी दिनमा अनुगमनलाई बढाइने जानकारी उहाँले दिनुभएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्