News

पाल्पामा खानेपानीको सुविधा

Wed Feb 26

काठमाडौं, फागुन १४:पाल्पाको रिब्दीकोट गाउँपालिकाले एक घर एक धारा अभियान अन्तरगत वडा नं ७ को सिंगो गाउँमा खानेपानीको सुविधा पुर्याएको छ । घर घरमा खानेपानी सुविधा भएसंगै स्थानीयलाई दुईघण्टा लगाएर खानेपानी बोक्नुपर्ने बाध्यता घटेको छ भने पानी बोक्न नपरेपछि स्कुले बालवालिकाको शिक्षाको गुणस्तरमा समेत बृद्धि भएको छ ।  नेपाल सरकारको एक घर एक धारा निती अनुसार गाउँपालिकाले एक करोड  बढीको लागतमा चुर्पुकधारा लिफ्टिङ खानेपानी आयोजनामार्फत पालुङका ६५ घरधुरीमा खानेपानी सुविधा पुर्याएको हो । आयोजना पुरा भएसंगै दुईघण्टा बढी समय लगाएर पानी बोक्नुपर्ने बाध्यता हटाउन गाउँपालिका सफल भएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताउनुभयो । पानीको पहुँच भएसंगै सिंगो गाउँका किसानलाई कृषि पेशामा आवद्ध बनाउने सोच गाउँपालिकाको रहेको छ । लामो समयदेखि पानीको चरम समस्या खेप्दै आएका यहाँका स्थानीय बालवालिकाहरु पनि बिहान बेलुका पढ्ने समयमा पानी बोकेर विताउने गर्दथे भने हाल घर घरमा धारा आउन थालेपछि वालबालिकाको शिक्षाको गुणस्तरमा समेत वृर्दि भएको भविभावकको भनाइ छ । स्थानीय सरकार आएपछि पुर्खौंदेखिको समस्या समधान हुनुका साथै आय आर्जका लागि समेत सिचाइको सुविधा हुदाँ स्थानीयमा खुसी छाएको छ । स्थानीय निकायको निर्वाचन भएपछिको पहिलो आर्थिक वर्षबाटै पालुङमा खानेपानी आयोजनाको काम थालिएको थियो । दुइ वर्षमा घरघरमा पानीको धारा आएपछि सिंहदरबारको अधिकार घर घरमा आएको भन्दै स्थानीयका मुहारमा खुसी छाएको छ । भने बिहान ४ नबज्दै कुवामा पानी लिन जानुपर्ने बाध्यता पनि हटेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्