Province

पाल्पामा प्रवेश गरेका सहल कीरा खेतबारीमा देखिन थालेपछि स्थानीय किसान चिन्तित ( भिडियो सहित )

Mon Jun 29

पाल्पा, असार १५ः तराईबाट पहाडी जिल्ला पाल्पामा प्रवेश गरेका सहल किरा खेतबारीमा देखिन थालेपछि स्थानीय किसान चिन्तित बनेका छन ।

रुपन्देहीको बुटवल हुँदै सिद्धबाबाबाट ठूलो मात्रामा सलह किरा पाल्पामा प्रवेश गरेसंगै किसानहरु चिन्तित बनेका हुन् । सहल किरा तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा ठुलो मात्रामा देखिएको छ । अन्य क्षेत्रमा भने सामान्य संख्यामा फैलिएको कृषी ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

पाल्पाको तानसेन, बगनासकाली गाउँपालिका, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाको केहीमा भागमा सहल देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले बताउनुभयो ।

मकै बाली तथा हरियो तरकारीमा सलह प्रवेश गर्न थालेपछि किसानहरुले आगो बालेर धुवाँ उडाउने र थाल डटाएर किरा भगाउने प्रयास गरेका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी सहल नहटेमा रसायनिक औषधी प्रयोग गरेर सलह किरा धपाएर उत्पादित अन्नवाली जोगाउन प्रयास गरिने कृषी ज्ञान केन्द्रले जनाएको छ ।-

 

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्