Province

पाल्पा अस्तपतालमा बिरामीहरुको चाप

Mon Mar 23

पाल्पा, चैत्र १०ः कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमणबाट बच्‍नका लागि सरकारले देशभरीका सबै सरकारी अस्पतालमा आकस्मिक सेवा बाहेका सेवाहरु बन्द गर्न आग्रह गरेका छ । तर पाल्पा अस्तपतालमा भने सामान्यदेखि नियमित चेकजाच र औषधी खाने बिरामीहरुको चाप बढेको छ ।

नियमित रुपमा औषधी खाने तथा नियमित चेकजाचका लागि आउने बिरामीहरुमा सबै सेवा बन्द हुने त्रासका  कारण एकैचाटी अस्पताल पुग्दा भिडभाड बढेको हो । उपचारका लागि अस्पताल पुगेका बिरामीहरुले आकस्मिक बाहेकका सेवा बन्द हुदाँ आफूहरुलाई सास्ती भएको गुनासो गरेका छन् ।

सरकारले कोरोना भाईरसको जोखिमबाट बच्नका २५ जना भन्दा धेरै भिड नहुन र अत्यावश्क काम बाहेक घरबाट बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।

पाल्पा अस्पतालले भने स्वास्थ्य मन्त्रालयले चैत ८ गते बसेको बैठकले गरेको निर्णयबमोजिम आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको जनाएको छ ।

सरकारले देशका सम्पूर्ण सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेको हुदाँ ज्वरोका विरामीलई छुट्टै उपचार गर्ने र अन्य बिरामीलाई उपचार नगरेको अस्पतालका डाक्टर पुष्प ज्ञवालीले जानकारी दिनुभयो ।

हालसम्म पाल्पामा कोरोना भाईरसका लक्ष्ण देखिएका बिरामी नभएपनि सामान्य रुघा खोकिका बिरामी भने बढेका छन् । जस्ले गर्दा धेरै बिरामीहरु सामान्य रोगको परिक्षणका लागि पनि आउँदा अस्पतालमा भिड बढेको पाल्पा अस्पतालले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्