Others , Politics

पाल्पा बुटबल सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने

Fri Mar 13

काठमाडौं, फागुन ३०ः पाल्पा–बुटवल सडकखण्ड अन्तर्गतको सिद्धार्थ राजमार्ग भोलीदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न भोली चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिन लागेको हो । घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिकरुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

भोली बिहान ७ बजे देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ देखि ११ बजेसम्म सडक बन्द गरेर काम गरिनेछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्