Politics

पुर्व राजपरिवारको सम्पत्तिबारे नेपाल ट्रष्टको स्वेतपत्र

Wed Feb 26

काठमाडौं, फागुन १४ः नेपाल ट्रष्टको कार्यालयले ट्रष्ट अन्तर्गत रहेका सम्पति कहाँ, के कति, कुन अवस्थामा छ  र त्यसको व्यवस्थापन र उपयोग कसरी भइरहेको छ भन्ने विषयमा स्वेतपत्र सार्वजनिक गरेको छ ।

सार्वजनिक तथ्य अनुसार नेपाल ट्रष्टसंग हालसम्म  ४ हजार ४ सय ४२ रोपनी जग्गा काठमाडौंमा मात्र रहेको छ भने बाँकि जग्गा  काठमाडौं वाहेक अन्य ११ जिल्लामा रहेको छ ।

काठमाडौको दरबारमार्ग,लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, गोकर्ण लगायतका ठाउँका रहेको ट्रष्टको जग्गा विभिन्न कम्पन्नी एव सरकारी कार्यालयहरुलाई  लिज र भाडामामा दिएको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

यस्तै तत्कालिन राजपरिवारको नामबाट आएको रकम एक लाख ४८ हजार ५८१ अमेरिकी डलर  र ५० हजार १२४ ब्रिटिस पाउन्ड स्टर्लिङ ट्रष्टको खातामा रहेको छ ।

ट्रष्टको सम्पत्ति ब्यवस्थापन सम्वन्धी विवरण सार्वजनिक गर्दै ट्रष्टको संचालक समिति अध्यक्ष समेत रहनु भएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले ट्रष्टको सम्पत्तिबाट हुने आम्दानी दान पुण्यका लागि मात्रै नभएर शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा खर्च गरिने बताउनु भयो ।

तत्कालीन राजा बीरेन्द्र  र उहाँको परिवारका नाममा रहेका सदस्यहरुको चल अचल सम्पत्तिको स्वामित्व ट्रष्ट अन्तर्गत रहेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्