Business , News

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

Thu Jan 2

काठमाडौं, पुष १७:नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाले वृद्धि गरी मूल्य समायोजन गरेको हो । निगमका अनुसार हिजो प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हो । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् रहेको छ । यसअघि इन्डियन आयल कर्पोरेशनले डिसेम्बर १६ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो । मूल्य समायोजनपश्चात् निगमको डिपो र बिक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौँ, सुर्खेत र दिपायलमा १११ रुपैया प्रतिलिटर, पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रमा १०९ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ । डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य काठमाडौँ, सुर्खेत र दिपायलमा १०० रुपैया प्रतिलिटर, पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रमा ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्