Sports

पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७६ मा योसुकी प्रथम

Sat Feb 15

काठमाडौं, फागुन ३: १४औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७६ मा जापानका ताकानासि योसुकी प्रथम भएका छन् ।

पोखरामा आयोजना गरिएको म्याराथन २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै योसुकीले प्रथम स्थान हासिल गरेका हुन् । म्याराथनमा शसस्त्र प्रहरी बल नेपालका किरण बोगटीले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो स्थान हासिल गरे । यसैगरी २ घण्टा २९ मिनेटमा दौड पुरा गर्दै अनिस थापाले तेस्रो स्थान हासिल गरे ।

म्याराथनमा प्रथम हुनेलाई २ लाख रुपैया, दोस्रो हुनेलाई १ लाख रुपैया र तेस्रो हुनेले ७५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरे ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्