News , Politics

पोर्चुगलको निर्वाचनमा कोस्टा विजयी हुने सम्भावना

Mon Oct 7

काठमाडौं, असोज २०:पोर्चुगलमा सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री एन्टोनियो कोस्टाले विजय हाशिल गर्नुहुने प्रारम्भिक मतसर्वेक्षणले देखाएको छ । सत्तारुढ सोसलिस्ट दलका नेता कोस्टाले जित हाशिल गरेपनि सुविधाजनक बहुमत नभएका कारण भने सरकार गठनका लागि अन्य दलसंग सहकार्य गर्नुपर्ने छ । उहाँको दलले करीव ३४ प्रतिशत मत प्राप्त गर्ने प्रारम्भिक अनुमान छ । निर्वाचनमा विपक्षी सोसियल डेमोक्रयाटिक दल दोस्रो ठूलो दल बन्ने देखिएको छ । सन् २०१५ मा भएको आमनिर्वाचनमा सोसियल डेमोक्रयाटिक दलले पहिलो स्थान हाशिल गरेको थियो । तर बहुमत नभएका कारण दोस्रो स्थानमा रहेको सोसलिस्ट दलले साना दलहरुसंग मिलेर सरकार गठन गरेको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्