Business

प्याजको भाउ घट्यो महङ्गियो लसुन

Fri Feb 14

काठमाडौं, फागुन २: केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ ।

भारतीय बजारबाट प्याज आउन थालेसँगै असोजदेखि महँगिएर मंसीरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँ थोकमा कारोबार भइरहेको छ ।

त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपियाँसम्म पुगेको थियो । भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महङ्गो भएको प्याज अहिले भारतमा उत्पादन बढेर विगतभन्दा सहज रुपमा आउन थालेपछि मूल्य सस्तिएको व्यापारी बताउँछन् । चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार भने ठप्प भएको छ ।

काठमाडौ उपत्यकाको लसुनको माग चिनियाँले धान्दै आएकोमा कोरोना भाइरस फैलिने डरले दुई देशका व्यापारिक नाका बन्द गरिएसँगै कालिमाटी तरकारी बजारमा यसको कारोबार ठप्प भएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ २२ गतेदेखि लसुनको कारोबार ठप्प भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्