World

प्रणय दिवसमा ऊँटको विवाह

Sat Feb 15

काठमाडौं, फागुन ३: पेरुमा प्रणय दिवसको अवसर पारेर त्यहाँ स्थित एक चिडियाखानामा रहेका एक जोडी ऊँटको विवाह गराइएको छ ।

राजधानी लिमा स्थित चिडियाखानामा आइसिस नाम दिइएको भाले र ओरिसिस नाम गरेकी पोथी ऊँटबीच त्यहाँको सामाजिक परम्परा अनुरुप विवाह गराइएको हो । लोपोन्मुख रहेका स्थानीय प्रजातीका वन्यजन्तुहरुको संरक्षणमा लागिरहेको चिडियाखानाले विवाहलाई संरक्षणकै अभियानसंग जोडेको छ । चिडियाखानामा संरक्षित वन्यजन्तु सेतो बाघ, जिराफ, सिंह लगायत जीवजन्तुहरु पनि रहेका छन् । प्रणय दिवसका अवसरमा भएको विवाह उत्सवलाई चिडियाखानामा जम्मा भएका आगन्तुकहरुले निकै उत्साह र रमाइलो मानेर हेरेका थिए ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्