News , Politics

प्रतिनिधि सभाको बैठक सुचारु

Tue Aug 6

काठमाडौं, श्रावण २१:प्रतिनिधिसभाको आजको बैठकको शुन्य र विशेष समयमा सत्तापक्ष र प्रतिपक्षका सासंसदहरुले समसामयीक विषयमा संदन र सरकारको घ्यानाकर्षण गराउनु भयो। शुन्य र विशेष समयमा बोल्ने सासंदहरुले बाढी पहिरोका कारण जनधनको क्षेति भईरहेको भन्दै पिडितलाई तत्काल राहतको व्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो। पूर्वाधार निर्माणको अधुरा आयोजना ,विराटनगर जुटमिलमा भएको भष्ट्राचार तथा सत्य निरुपण र वेपत्ता आयोग गठनमा भएको ढिलाईका सम्बन्धमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनु भयो। विभिन्न नदी कटानका कारण विस्थापित जनताहरुलाई तत्काल राहतको व्यवस्था गर्न तथा भेरी ववई ड्राईभर्सन आयोजनाबाट प्रभावितहरुलाई उचित क्षेतिपूर्ती दिन र निर्मला पन्तको हत्यारा पत्ता लागाउन सरकारको ध्यानाकर्षण गराउनु भयो। मध्यपहाडी राजमार्गको काम निर्माण व्यबसायीका कारण लथालिङ भएको र पासाङलामु पर्वतारोहण प्रतिष्ठानलाई भोगाधिकारका लागि दिईएको सरकारी जग्गा कसरी भाडामा लाग्यो भनि सरकारको ध्यानाकर्षण गराउनु भयो।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्