News , Politics

प्रतिनिधि सभाको बैठक स्थगित

Mon Jul 15

काठमाडौं, असार ३०:बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने विपक्षी नेपाली कांग्रेस र राजपाको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत नभएपछि प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ ।  प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते बस्नेछ ।  देशभर शुक्रबार देखिपरेको अविरल वर्षाका कारण आएको बाढी पहिररोले पुर्याएको क्षती र राहत तथा उद्दारका विषयमा छलफल गर्नुपर्ने भन्दै कांग्रेस र राजपाले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।  कांग्रेस र राजपाले संसदका पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गरेर बाढीपहिरोका सम्बन्धमा छलफल गर्न माग गरेका  थिए।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्