News

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

Fri Feb 14

काठमाडौ, फागुन २: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन आज स्थगित भएको छ । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिने कार्यक्रम थियो । राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्याको निधन भएपछि आज गर्ने भनिएको सम्बोधन भोलिलाई सारिएको संसद सचिवालयले जनाएको छ । यसैगरी प्रतिनिधि सभाको आजको बैठकमा सभामुखले शोक प्रस्ताव पेश गर्नुहुने कार्यसूची तय भएको छ ।।

 

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्