Featured , Politics

प्रतिनिधी सभामा प्रधानमन्त्रीको सम्वोधन आज

Sat Feb 15

काठमाडौं, फागुन ३: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा शनिवार सम्वोधन गर्नुहुने भएको छ ।

वर्तमान सरकारको कार्यकाल दुई वर्ष पुगेको अवसरमा उहाँले सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने छ ।

यसअघि प्रधानमन्त्री ओलीले हिजै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम थियो । राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन आजका लागि सरेको हो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्