Politics

प्रदेश ५ सरकारद्वारा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

Sun May 24

काठमाडौं, जेठ ११ः प्रदेश नम्वर पाँच सरकारले स्वास्थ्य, कृषि, रोजगारी अभिवृद्धि र अर्थतन्त्रको पुनरोत्थानको लक्ष्य सहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशसभा बैठकमा सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले साउनसम्म कोभिड–१९ लाई स्थिर बनाउने गरि परीक्षण बढाउने र क्वारेन्टिन तथा आइसोलेसन स्थल निर्माणलाई तिव्रता दिइने घोषणा गर्नुभयो ।

विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउन र उत्पादकत्व बृद्धि गर्न कृषिमा लगानी बढाउने र किसानलाई राहतदिने लक्ष्य प्रदेश सरकारको छ ।

यसैगरि संघीय सरकारसँगको समन्वयमा औद्योगिक करिडोर स्थापनालाई प्राथमिकता दिने, सार्वजनिक खर्चमा मितव्ययीता अपनाउने, रुकुमपूर्व जिल्लालाई अर्गानिक जिल्ला बनाउने र राजश्वको दायरा बढाउने योजना प्रदेश सरकारको छ । कोरोना भाइरसको असर कम भएपछि प्रदेशको नाम र स्थायी राजधानी तोकेर प्रदेशसभाको आफ्नै भवन बनाउने घोषणा पनि गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्