Featured

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक

Sun Feb 23

काठमाडौं, फागुन ११ः प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित विशेष समारोहमा उहाँको ६९औँ जन्मोत्सवको अवसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा पुस्तक लोकार्पण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा लेख्नुभएको पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’गरी चार भागमा विभाजन गर्नुभएको छ ।

आन्तरिक र विदेशी नीतिका बारेमा विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ । देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको सदीक्षा पुस्तकमा प्रकट छ ।

प्रधानमन्त्री ओलीले मुलुक सञ्चालनका दौरान प्राप्त गर्नुभएको सीप, अनुभव, दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेट्नुभएको छ ।

पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई २१औँ शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले व्यापार सन्तुलनमा लैजान उत्पादन र उत्पादकत्व बढाउँदै उपभोगको ढाँचा प्रवृत्ति र तरिकालाई फेर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गरेरै छाड्ने विश्वास व्यक्त गर्नु भयो ।

आम नेपालीको चाहना पुरा गर्न स्ष्पष्ट दृष्टिकोण, योजना कार्यान्वयनको प्रतिज्ञा र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भनाइ प्रधानमन्त्री ओलीको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्