Politics

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रमको स्वास्थ्य लाभको कामना

Tue Apr 7

काठमाडौं, चैत्र २५ः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण भई आइसियूमा भर्ना हुनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ ।

आफ्नो ट्विटर ह्याण्डलमा सन्देश लेख्नुहुदै प्रधानमन्त्री ओलीले छिट्टै कोरोना विरुद्ध विजय प्राप्त गर्न प्रधानमन्त्री जोनसनलाई शुभेच्छा पनि व्यक्त गर्नुभएको छ । “बेलायतका प्रधानमन्त्री महामहिम बोरिस जोनसन कोरोना सङ्क्रमणको उपचारका लागि आइसियूमा भर्ना हुनुभएको जानकारी प्राप्त भएको छ । मलाई विश्वास छ उहाँले कोभिड-१९ विरुद्ध विजय प्राप्त गर्नुहुनेछ,” प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर सन्देशमा लेख्नुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्