News

प्रमद्वारा हो चि मिन्ह्को समाधीस्थलमा पुष्पगुच्छा अर्पण

Sun May 12

काठमाडौं, बैशाख २९ :भियतनाम भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको राजधानी हनोई स्थित राष्ट्रपति भवन नजिकै रहेको स्मारकस्थलमा पुगी राष्ट्रिय नायक र शहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री ओली हो चि मिन्ह समाधिस्थलमा पुगी त्यहाँ रहेको हो चि मिन्ह्को समाधिमा पुष्प गुच्छा अर्पण गर्नुभयो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली प्रधानमन्त्रीका प्रमुख सल्लाहार विष्णु रिमाल परराष्ट्र सल्लाहाकार डाक्टर राजन भट्टराई लगायत भ्रमण दलमा सहभागी संघीय सांसद तथा अन्य जनप्रतिनिधि र सरकारी उच्च पदस्थ अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्