Province

प्रमुख जिल्ला अधिकारी विरुद्ध विशेष अदालतमा ५ वटा घुस मुद्दा

Tue Feb 4

काठमाडौं, माघ २१: जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजालले घुस लिएका ५ वटा मुद्दा अख्तियारले विशेष अदालतमा दायर गरेको छ । आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न घुस लिएको पुष्टि भएको भन्दै पत्ता लागेका पटके घुसलाई नै बिगो बनाई अख्तियारले छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । साथै अनुगमनमा नगैकन अनुगमन गरेबापतको भत्ता समेत रिजालले लिएको अभियोगमा पनि अख्तियारले मुद्दा दायर गरेको छ । यसैबीच अख्तियारले काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौलेल र सवारी चालक संचित दुलाललाई १ लाख रुपैया घुसरकमसहित पक्राउ गरिएको जनाएको छ । चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस/रिसवत माग गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियारको भनाइ छ । त्यस्तै काठमाडौंकै यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेललाई सेवाग्राही दिपक खतिवडाले सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि घुस/रिसवत १३ हजार रुपैयाँ दिएको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको पनि अख्तियारले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्