News

प्रम र भियतनामकी राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

Sun May 12

काठमाडौं, बैशाख २९ :प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामकी राष्ट्रिय सभाका अध्यक्ष Nguyen Thi Kim Ngan बीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भियतनामले निर्माण गरेको विहार भएपनि भियतनामबाट लुम्बिनी घुम्ने पर्यटकहरुको संख्या कम रहेको बताउनुभयो । उहाँले अध्यक्ष Nguyen लाई नेपाल भ्रमण गर्न निमन्त्रणा गर्दै औपचारिक निमन्त्रणा प्रतिनिधि सभाका सभामुख मार्फत पठाउने बताउनुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनीको पुनर्निर्माण कार्यमा सहभागी हुन पनि भियतनामलाई आग्रह गर्नुभयो । बुद्दले आफ्नो घर तथा प्रिय आफन्तहरु छाडेर निस्कनुले बुद्दत्व प्राप्तितर्फको प्रारम्भिक ज्ञान लुम्बिनिमै प्राप्त भैसकेको भन्ने कुराको पुष्टि भएको प्रधानमन्त्रीले बताउनुभयो ।   भियतनामकी राष्ट्रिय सभाका अध्यक्ष Nguyen ले नेपाल भ्रमणको निमन्त्रणा दिएकोमा धन्यवाद दिँदै उपयुक्त समयमा आफू नेपाल आइ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने बताउनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्