Featured

प्रहरीमा समायोजनको औपचारिक प्रक्रिया शुरु

Wed Feb 26

काठमाडौं, फागुन १४ः सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु गरेको छ ।

सातै प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिवसमेतको सहभागितामा हिजो बसेको बैठकबाट औपचारिक प्रक्रिया थालनी गरिएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरी समायोजनको काम विधि र प्रक्रियाअनुसार सकेसम्म छिटो टुङ्ग्याउने गृह मन्त्रालयको योजना छ । यसअघि मन्त्रालयले समायोजनका विषयमा अनौपचारिक रुपमा मात्रै छलफल गरेको थियो । राष्ट्रपतिबाट माघ २८ गते प्रमाणीकरण भएको विधेयकमा सङ्गठन संरचना तथा दरबन्दी सिफारिस गर्न गृहसचिवको नेतृत्वमा एक ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ रहने उल्लेख छ ।

सोही समितिको पहिलो औपचारिक बैठक हिजो बसेको हो । समितिलाई ऐन प्रारम्भ भएको समितिले ३० दिनभित्रमा समायोजनका निम्ति प्रहरी कर्मचारीको विवरण तयार पार्नुपर्ने समयसीमा छ ।

समायोजनका निम्ति प्रहरी नायब उपरीक्षक र सो भन्दामुनिको पदका लागि आवेदन माग गरिने छ ।

समायोजनमा जाने प्रहरी कर्मचारीलाई दुई ग्रेड थप गरी समायोजन गरिने छ । प्रदेश प्रमुखमा भने प्रहरी नायव महानिरीक्षक (डिआइजी) रहने व्यवस्था छ ।

नेपाल प्रहरीमा हाल ६९ हजार ५२३ दरबन्दी छ । त्यसमा १४ प्रतिशत दरबन्दी खाली छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्