Business , News

प्रहरी र सम्पत्ती शुद्धिकरण विभागबीच समझदारी

Thu Jan 2

काठमाडौं, पुष १७ :सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी प्रधान कार्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईबीच १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्