Business , News

फलेवासको क्लिन सिटी अभियान

Wed Jan 29

काठमाडौं, माघ १५:पर्वतको फलेवास नगरपालिकाले ग्रिन सिटी, क्लिन सिटी अभियानलाई तीब्रता दिएको छ । सडक छेउछाउ र घरवरिपरि भएका बुढो र ठूलो रुख तथा झाडीहरु हटाउदै नगरलाइ स्वच्छ र सफा बनाउने काम भैरहेको छ । घर वरपर अग्ला रुखहरुले खेतीयोग्य जमिनलाइ सेपमा पार्ने र वस्तीको सुन्दरता समेत घटाउने भएकाले त्यस्ता रुख र झाडी सफाइ शुरु गरिएको हो । अहिले गाउँ वस्ती वरपरका  ठुला रुखहरुलाई काँट छाट गरीएको छ भने  जोखीमयुक्त रुखहरु  हटाइएको छ । झाडीले बाँदर स्याल र ब्वाँसो लगायतका जगली जनावरको त्रास समेत बढाएकाले बुढो रुख झाडी कटानले सुरक्षित महशूस गराएको स्थानीयको भनाइ छ । वडा कार्यालयसँगको समन्वय र नगरवासीको सक्रियतामा टोल विकास समितिले रूखसँगै झाडी फडानी गरिएको हो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्