News , Sports

‘फिफा वर्ष खेलाडी अवार्ड’ को मनोनयन सार्वजनिक

Tue Sep 3

काठमाडौं, भाद्र १७: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अन्तिम तीन जना खेलाडीको नाम सहित ‘फिफा वर्ष खेलाडी अवार्ड’ को मनोनयन सार्वजनिक गरेको छ । वर्ष खेलाडीका लागि पहिलो चरणमा मनोनयनमा परेका १० जना खेलाडीहरु मध्येबाट फिफाले अन्तिम तीन जनाको नाम चुनेको हो । फिफाले सार्वजनिक गरेको वर्ष खेलाडीको अन्तिम मनोनयनमा युभेन्ट्स क्लवबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका स्टार लियोनल मेस्सी र लिभरपुलका भिर्गिल भान डायक परेका छन् । यस पटक लिभरपुलका डिफेन्डर डायकलाई बर्ष खेलाडीको मुख्य दावेदारको रुपमा हेरिएको छ । गत साता मात्रै पनि यु ई एफ ए वर्ष खेलाडी अवार्ड जितेका डायकको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो भने नेदरल्याण्डलाई यु ई एफ ए नेसन्स कपको फाइनलमा पुर्याउन उनले निकै योगदान गरेका थिए । उक्त प्रतिस्पर्धामा उनले मेस्सी र रोनाल्डोलाई नै पछि पारेका थिए । गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जितेका थिए । यस्तै वर्ष खेलाडी महिलातर्फ यु ई एफ ए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् । फिफाले वर्ष पुरुष र महिला प्रशिक्षक, वर्ष गोलकिपर, वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि समेत मनोनयन सार्वजनिक गरेको छ । फिफाले यस बर्षको बर्ष खेलाडी सम्मान आगामि असोज ६ गते वितरण गर्दै छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्