News , World

फिलिपिन्समा भूकम्प / ८ जनाको मृत्यु

Mon Jul 29

काठमाडौं, श्रावण १३:फिलिपिन्समा गएको दुइवटा शक्तिशाली भूकम्पका कारण आठ जनाको मृत्यु भएको छ । देशको सुदुर उत्तरी क्षेत्रमा हिजो गएको भुकम्पले संरचनाहरु भत्काउँदा त्यसमा परेर ६० जना गम्भिर घाइते भएका छन् । भूकम्पले भत्काएका संरचनाहरुको भग्नावशेषमा पुरिएकाहरुको खोजी कार्य जारी रहेकोले हताहत हुनेहरुको संख्या बढ्नसक्ने अधिकारीहरुले बताएका छन् । धेरै मानिसहरू घरभित्रै रहेको समयमा दुइवटा शक्तिशाली झण्का सहित आएको भुकम्पले धेरै घरहरु भत्काएको छ । टापु नै टापुहरु रहेका बातान्स प्रान्तमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामी आउन सक्ने संभावना नदेखिएको अधिकारीहरुले बताएका छन् । पुरिएकाहरुको खोजी तथा उद्धार कार्यलाई तिव्रता दिइएको अधिकारीहरुले बताएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्