World

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

Tue Mar 17

काठमाडौं, चैत्र ४ः फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गर्नु भएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले बताउनु भएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्