World

बंगलादेशमा डुंगा दुर्घटना, १४ जनाको मृत्यु

Wed Feb 12

काठमाडौं, माघ २९:बङ्गलादेशको दक्षिण क्षेत्रमा रहेको समुद्रमा भएको डुङ्गा दुर्घटनामा परी १४ जनाको मृत्यु  हुनुका साथै अन्य कयौं मानिस वेपत्ता भएका छन् ।  अधिकारीहरुका अनुसार रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनाग्रष्त डुङ्गामा १ सय ३० जना सवार रहेको जनाइएको छ । बङ्गालको खाडी पार गरेर मलेसियातर्फ गइरहेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको हो । घटनापछि करिब ७० जनालाई जीवितै उद्धार गरिएको पनि एएफपीले जनाएको छ । सन् २०१७ मा म्यानमामा जारी सैनिक कारवाहीको कारण  छिमेकी देश बङ्गलादेशमा भाग्न बाध्य सात लाखभन्दा बढी रोहिङ्ग्या प्रायःबङ्गलादेशको कोक्स बजारमा रहेको शरणार्थी शिविरमा बसोबास गर्दै आएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्