Business

बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव

Thu Jun 4

काठमाडौं, जेठ २२ः नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग भेट गरी सुरक्षाका उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव दिनुभएको छ ।

अध्यक्ष श्रेष्ठले तीन जिल्ला प्रमुख जिल्ला अधिकारीसँग आज भेट गरी कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गर्नुभएको हो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीसित भेट गरेर उक्त सुझाव दिनुभएको हो ।

तीनै प्रमुख जिल्ला अधिकारीले सुझावलाई सकारात्मकरुपले लिन र सबै सुझावलाई लिएर नयाँ मोडालिटी बनाएर कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो बनाइने बताउनुभयो ।- (रासस)

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्