Others

बरिष्ठ पत्रकार शर्माको निधन

Thu Feb 6

काठमाडौं, माघ २३:नेपाल टेलिभिजनका भूतपूर्व महाप्रवन्धक तथा बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा अब हामीबीच रहनुभएन । मुटु सम्बन्धी उपचारका क्रममा उहाँको आज निधन भएको हो । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो ।  वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा नेपालमा छापा रेडियोतथा टेलिभिजन ३ वटै संचार माध्यममा  हुन सफल पत्रकार हुनुहुन्थ्यो। २००४ साल जेठ २७ गते ईलामको फिक्कलमा जन्मनु भएका स्वर्गीय शर्माको पत्रकारिता गोरखापत्र दैनिकबाट भएको थियो। गोरखापत्रसंगसंगै  रेडियो नेपालमा केही वर्ष समाचार बाचन तथा सम्पादनको काम गर्नु भएको स्वर्गीय शर्माले राम्रो समाचारबाचन गरेकै आधारमा नेपालमा टेलिभिजन स्थापना हुनु अघिनै नेदरल्याण्डसमा टेलिभिजन सम्बन्धि ३ महिने प्रशिक्षण हासिल गर्ने अबसर पाउनु भएको थियो। नेपाल टेलिभिजनमा उहां स्थापना कालदेखि आबध्द हुनु भएका स्वर्गीय शर्माले प्रारम्भदेखिनै समाचार महाशाखाको नेतृत्व गर्नु भएको थियो।  अन्तरवार्ता नीर शाह    नेपाल टेलिभिजनले २०४२ मा परिक्षण प्रसारण गर्दा उहांले तत्कालिन राजा वीरेन्द्रको अष्ट्रेलियाको भ्रमणका अबसरमा समाचारदाताको रुपमा कार्य गर्नु भएको थियो।   श्याम चित्रकार  नेपाल टेलिभिजनका पहिलो क्यामरापर्शन  नेपाल टेलिभिजनले २०४२  पुष १४ गतेदेखि आफ्नो नियमित प्रसारण सुरु गर्दा उहां पहिलो प्रस्तोता हुनुहुन्थ्यो। उहांले २ दशकभन्दा लामो समय नेपाल टेलिभिजनमा समाचार बाचन गर्नु भएको थियो।  उहांले २ दशकभन्दाबढी समय  संचालन भएको विश्वघटना कार्यक्रमले नेपाल टेलिभिजनको लोकप्रियतालाई बढाउन मदत गरेको थियो।   नेपाल टेलिभिजनमा समाचार महाशाखाको निर्देशक नायव महाप्रबन्धक हुदैं २०५७ साल भदौ १ गतेदेखि ०५९ साल भदौ २६ गतेसम्म पहिलो पटक उहां संस्थानको महाप्रबन्धक बन्नु भएको थियो। उहांले दोश्रो पटक नेपाल टेलिभिजनको महाप्रवन्धकको रुपमा  २०६० साल भदौ ३० गतेदेखि २०६२ साल भदौ २९ गतेसम्म कार्य गर्नु भएको थियो।   उहांको योगदानलाई स्मरण गर्नु हुदै बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी  भारतबाट पत्रकारितातथा आमसंचार विषयमा स्नातकोत्तर गर्नु भएका स्वर्गीय शर्माले   संस्थानबाट अबकास प्राप्त गरेपछि निजी क्षेत्रका टेलिभिजनहरुमा नेतृत्वतहमा कार्य गर्नु भएको थियो। बिगतकेही वर्षदेखि ग स्नातकतहमा पत्रकारितातथा आमसंचार विषयको प्राध्यापन कार्यमा ब्यस्त सरिक रहनु भएका स्वर्गीय शर्मा जीवनको अन्तिम समय नागरिक दैनिक पत्रिकाका स्तम्भकार हुनुहुन्थ्यो। उहांको बिभिन्न पत्रपत्रिकामा लेखरचनाहरु प्रकाशित हुनुकासाथै छाल नामक स्मरणात्मक संग्रह र पत्रकारिता सम्बन्धि पुस्तक प्रकाशित छन। पछिल्लो पटक नेपाल टेलिभिजनको ३५ औं बार्षिकोत्सबका अबसरमा प्रकाशित स्मारिकामा  स्वर्गीय शर्माले लेख्नु भएको नेपाल टेलिभिजनलाई फर्केर हेर्दा उहांको अन्तिम लेख बन्न पुग्यो।  उहांका धर्मपत्नीतथा २ छोरा हुनुहुन्छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्