Province

बाँकेमाअलपत्र परेका नेपाली नागरिकलाई उद्दार गरी क्‍वारेन्टाईनमा

Tue Mar 24

बाँके, चैत्र १०ः नेपाल-भारत सीमा बन्द गरिएपछि बाँकेको दशगजा क्षेत्रमा सयौको संख्यामा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गरी क्‍वारेन्टाईनमा राखिएको छ ।

भारतको विभिन्न स्थानबाट नेपाल फर्केका १ सय ३८ महिला सहित ७ सय ५८ नेपाली नागरिकको हिजो नेपाल-भारत सिमाको जमुनाह नाकाबाट उद्दार गरी नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको क्वारेन्टाइन स्थल महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको थियो ।

उनीहरुको स्वास्थ्य परिक्षणपछि गृह जिल्लासम्म पुर्‍याउने ब्यवस्था मिलाईएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जनाकारी दिनुभयो । तर उनीहरु मध्ये केही क्‍वारेन्टाईन छाडेर हिडेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्