News

बाँकेमा क्‍वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा

Wed Mar 25

काठमाडौं, चैत्र १२ः नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्‍वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोट पुगेको पाइएको छ । उनीहरु जाजरकोटको भेरी नगरपालिकाको वडा नं ११ पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो ।

नेपालगञ्ज बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनबाट निस्केर उनीहरु फरार भएका थिए । क्‍वारेन्टाइनबाट निस्केर हिंडेका मध्ये केही शिवालय जुनिचाँदेमा समेत प्रवेश गरेको पाइएको छ । उनीहरुलाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्‍वारेन्टाइनमा राख्ने पहल गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्