Business

बाग्लुङको सुन्तला शीत भण्डारमा

Sun Feb 23

काठमाडौं, फागुन ११:सिजनमा सुन्तलाले बजार नपाएपछि बागलुङका किसानले कोल्ड स्टोर बनाएर सुन्तला स्टोर गर्ने गरेका छन। जिल्लाका ग्रामिण क्षेत्रमा उत्पादित सुन्तला ढुवानी अभावको कारण समयमा बिक्रि नहुने र बेमौसमी रुपमा बजारमा लैजादा मुल्य पाउने भएपछि किसानले कोलस्टोर बनाएर राख्ने गरेका छ ।
अहिले सुन्तला बगैचाबाट होलसेलमा ५० रुपैया देखि ६० रुपैयाम बिक्रि गर्ने गरेका छद । बिचौलीयाले एक सय देखि १ सय २० रुपैया किसानको बाट ल्याएर बिक्री गर्ने गरेका छन । बेमौषममा भारती तथा चाहिनीज सुन्तलाले निकै बजार लिने भएपछि त्योसग प्रतिश्पर्धा गर्न कोल्ड स्टोर बनाएर संचित गरेर राखेको छ ।
बिदेशी सुन्तलाहरु फागुन चैत्रमा १ सय ५० देखि २ सय रुपैया किलोमा बिक्री हुने गरेको छ । किसानहरु महंगो मुल्य पार्न र स्वादिष्ट सुन्तला उपभोक्ता माज पुयाउनको लागि भन्दै स्टोर गरि राख्ने गरेको बताउछन ।
अहिले थोरै सुन्तला बगैचा हुनेले सुन्तला बिक्री गरि सकेपनि धेरै बगैचा हुनेहरुले १० कुइन्टल देखि ५० कुइन्टल सम्म स्टोर गरेर राख्ने गरेका छन । किसानहरुले आफनै लगानीमा स्थायीरुपमा स्टोर गरेर राख्ने गरेका छन । प्रदेश सरकारको सहयोगमा बानपा ८ सिगानामा३० लाख र स्थानीय कृषि सहकारीको ३ लाख लगानी गरि ३३ लाखमा ४० टन क्षमताको चिस्यान केन्द्र निमार्ण सुन्तला राख्ने गरेका छन ।
अहिले सुन्तला उत्पादनमा १५ प्रतिशते गिरावट आएको छ । गत बर्ष दुई हजार पाच“ सय मेट्रिक टन उत्पादन भएकोमा अहिले बिभिन्न समस्याले गर्दा दुई हजार तिन सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको सुन्तला जोन कार्यक्रम म्याग्दीले जनाएको छ । जिल्लाको भकुन्डे, बिहु, जैदी, छिस्ती,हरिचौर,दमेक नरेठाटीका किसान सुन्तला उत्पादनको गर्दै आएका छन ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्