News

बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन

Tue Apr 7

काठमाडौं, चैत्र २५ः हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले यस वर्ष बुधबार मेला आयोजना नगरिए पनि पूजा आराधना भने गरिने बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले बताउनुभयो ।

विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत सो मेलाले निरन्तरता पाएको थियो । बाइधारा क्षेत्रवासी एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौँदेखि चलिआएको यो मेला यस वर्ष स्थगन गरिएको बताउनुभयो । मन्त्री मानन्धरले यो जात्रा अर्थात् मेला इतिहासमा पहिलो पटक स्थगन भएको बताउँदै नित्य पूजा र अन्य पूजा भने चलिरहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । यसैदिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्