News

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ नेपालीको मृत्यु

Fri Feb 14

काठमाडौं, फागुन २: बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

दुई मृतकको पहिचान हुन भने बाँकी रहेको दूतावासले जनाएको छ ।

दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ । उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए ।

घटनास्थल दूतावासबाट करीब डेढ घन्टाको दूरीमा रहेको छ । घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्