Featured

बुटवल अस्पतालबाट १० जना संक्रमित निको भएर घर फिर्ता

Sun May 24

रुपन्देही, जेठ ११ः बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश जना कोरोना संक्रमित निको भएर हिजो घर फर्किएका छन् ।

दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिनुभयो ।

निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् । भारतबाट लुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

बुटवलको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि हिजै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्