World

बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण

Wed Mar 25

काठमाडौं, चैत्र १२ः बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ ।

उहाँको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो । उहाँकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन् ।

सङ्क्रमण पुष्टि भएसँगै राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बस्नुभएको छ । उहाँलाई सामान्य लक्षणहरू देखिएपनि स्वास्थ्य अवस्था भने राम्रो नै रहेको छ, उहाँले एक्लै बसेर अरुबेला जस्तै आफ्ना कामहरु नियमित गर्दै आउनुभएको छ ।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

केही हप्तायता उहाँ धेरै सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएकोले ‘कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव’ नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्