World

बेलायतको संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथि भएको मतदानमा प्रधानमन्त्री टेरेजा मेले आफ्नो पक्षमा विश्वासको मत प्राप्त

Thu Dec 13

बेलायतको संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथि भएको मतदानमा प्रधानमन्त्री टेरेजा मेले आफ्नो पक्षमा विश्वासको मत प्राप्त गर्नुभएको छ । गए राती संसदमा भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा २ सय मत पर्यो भने उहाँको विपक्षमा १ सय १७ मत प्राप्त भयो । यो जित संगै मे ले अबको एक बर्ष सत्तारुढ कन्जरभेटिभ पार्टी र सरकारको नेतृत्वलाई निरन्तरता दिनुहुने भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन सम्वन्धमा विमति राख्दै सरकारलाई समर्थन गरिरहेका दलका सांसदहरुले नै प्रधानमन्त्री मे को विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । आफ्नो पक्षमा ६३ प्रतिशत मत प्राप्त भएपछी मे ले बेलायती जनताको चाहना अनुरुप ब्रेक्जिटलाई टुङ्गोमा पुर्याउने बताउनुभएको छ । तर यस अघी दुइ तिहाइ बहुमत रहेको संसदमा हिजोको मतदान पछि सामान्य बहुमतमा झरेको सरकारको नेतृत्वले सहजै काम गर्न नसक्ने विश्लेषण गरिएको छ । संसदमा एक चरण छलफल पछी युरोपेली आयोगमा पेश गरिएको ब्रेक्जिट प्रस्तावलाई दुई साता अघी अनुमोदनका लागि बेलायती संसदमा पेश गरिएको थियो । तर सांसदहरुको विरोध पछी प्रस्ताव पारित हुन सकेको छैन् । ब्रेक्जिटबारे आज युरोपेली आयोगमा पुन: हुनलागेको छलफलमा प्रस्तावमा परिमार्जन गर्न पहल गर्ने प्रधानमन्त्री मेले बताउनुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्