News , World

बेलायतको संसद बाहिर कार दूर्घटना

Wed Aug 15

बेलायतको संसद बाहिर कार दूर्घटना गरी गराइएको शंकास्पद आतंकवादी आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरेपछि प्रहरीले अन्य आक्रमणकारीहरुको खोजी कार्यलाई तीब्र बनाएको छ । २९ वर्षीय बेलायती शंकास्पद व्यक्ति एम आई ५ नामक आतंकाकारी समूहमा संलग्न नरहेको प्रहरीको भनाई छ ।

विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीले सबैजनालाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्